Akshay kumar and Salman khan film discarded from nepal
२१
बैशाख ,काठमाण्डौ । बलिउड अभिनेतादय सलमान र अक्षय कुमारले नेपाली जनता
भूकम्पको पिडामा छटपटाइरहेको अबस्थामा सारा नेपालीको मन दुख्ने गरी
अभिव्यक्ति दिएका छन् । १० दिन अघि नेपालमा गएको विनासकारी भूकम्प बाट
पिडित बनेका नेपालीलाई विश्व बाट सहयोग तथा राहत आइरहदा हलिउड र बलिउडका
केहि सेलिब्रेटीले समेत सहयोग पठाइरहेका र सहयोग गर्ने प्रतिबद्दता गरेका
छन् । यसै क्रममा अभिनेतादय सलमान र अक्षयले पिडित नेपाली जनतालाई सहयोग
गर्ने खबर भारतीय लगायतका खबर आएको केहि दिनमै दुवै अभिनेताले नेपालीको मन
दुख्ने गरी आफुहरु नेपाली जनतालाई सहयोग नगर्ने बताएका छन् ।
अक्षय
कुमारले आफ्नो फिल्म ‘गब्बर इज ब्याक’ को पहिलो दिनको कमाइ भूकम्प पिडित
नेपालीलाई दिने खबर आएको थियो र त्यसको केहि दिनमा उनले नेपालीलाई सहयोग
गर्ने कुनै योजना नभएको र खबर झुट रहेको भन्दै उनले आफ्नो अफिसियल फेसबुक
पेजमा लेखेका थिए ।त्यसै गरी अर्का अभिनेता सलमान खानले भारतीय संचार
माध्यममा आएको सहयोग गर्ने खबरको खण्डन उनको ‘BEING HUMAN
FOUNDATION’भारतका लागि मात्र रहेको र नेपालीलाई सहयोग गर्न नसकिने बताएका
छन् । उनले भूकम्प पिडित नेपालीका लागि १० करोड र २ वटा निजि हेलिकप्टर
दिने भनि भारतीय संचार माध्यमले नै खबर फैलाएको थियो ।
सलमानले
अफिसियल फेसबुक पेजमा लेखेको स्टाटसमा छ हजार बढीले नकारात्मक कमेन्ट
गरेका छन् । आक्रोशित हुदै उनका नेपाली फ्यानले नै ‘धोति अब तेरो फिल्मलाई
बहिष्कार गरिन्छ’ लगायतका कमेन्ट गरेका छन् । यी दुइको नेपाल र नेपाली
प्रतिको रुखो ब्यबहारले नेपालीलाई थप दु:खि बनाएको छ । अहिले यी दुइ बलिउड
अभिनेताकै चौतर्फी खण्डन र नेपालमा फिल्म बहिष्कार गर्नु पर्ने भन्दै
सामाजिक संजालमा खण्डन र चुलिएको छ । स्मरणरहोस काठमाण्डौको राइजिंग मलमै
अभिनेता सलमान खानको ‘BEING HUMAN ‘को शोरुम रहेको छ । नेपालमा ब्यबसाय
गर्ने अनि नेपाली जनतालाई नै दुखि बनाउने गरी रुखो बोल्ने सलमानको
काठमाण्डौको शोरुम चाही के अब यहाँ चलिरहनेछ ?

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home