Tuesday, May 5, 2015

Itahari people fired Indian PM modi selfmade statue due to Indian army activities in Nepal


नेपालको पूर्व–पश्चिम महेन्द्र राजमार्ग ६० वर्षअघि भारतीय सहयोगमा बनेको थियो। नेपालको तराई जिल्लाहरूलाई आपसमा जोड्ने र नेपालभर यात्रा गर्न सबैभन्दा सजिलो र छिटो यो मार्गमाथि मंगलबार भारतीय प्रधानमन्त्रीको पुत्ला जलाइएको छ।
इटहरीका विद्यार्थी संगठनहरुले मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन्। भर्खरै नेपालमा गएको भूकम्पको समयमा नेपालमा आएर भारतीय सेनाले जथाभावी गरेको भन्दै उनीहरुले विरोधमा पुत्ला जलाएको बताएका छन्।
क्याम्पसबाट निस्केका विद्यार्थीहरुको समूहले क्याम्पसको दक्षिणमा पर्ने महेन्द्र राजमार्गमाथि उभिएर मंगलबार विहान मोदीको पुत्ला जलाइएको थियो। पुत्ला दहनका क्रममा विद्यार्थी नेताहरुले ‘भारतीय हस्तक्षेप बन्द गर’ जस्ता नारासमेत लगाएका थिए।
पुत्ला दहन कार्यक्रममा एमालेको अनेरास्ववियुका केही नेताको सहभागिता थियो भने नेकपा माओवादी र एमाओवादीसँग सम्बद्ध विद्यार्थी संगठनहरु र किराँत राई विद्यार्थी संगठनको सहभागिता थियो। अन्य केही विद्यार्थी संगठनहरु सहभागि हुने भनेपनि पनि सहभागिता नजनाएको विद्यार्थी नेता अरुण राईले बताए।
उद्धार गर्न भन्दै नेपाल आएका भारतीय सेनाले नेपालको सार्वभौमिकतामाथि आँच आउने काम गरेको विद्यार्थी संगठनका स्थानिय नेताहरुले बताएका छन्। उनीहरुले भारतीय सेनालाई जतिसक्दो चाँडो फर्कन पनि भनेका छन्।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home